जेठ ५, काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुम जाँदै गरेको बस दुर्घटनामा परेको हो । ना ५ ख २७१३ नम्बरको बस खुर्सानीखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमध्ये दुईजनाको सनाखत भएको छ भने बाँकी दुईजनाको हुन सकेको छैन ।

