‘मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका छन्’

जेठ ३, काठमाडौं । २८ औं मदन आश्रित स्मृति दिवसको उपलक्ष्यमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत तथा सम्पूर्ण पार्टी पंक्तिका तर्फबाट उनीहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय रहेको बताए। नवीन विचारकका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक जननेता स्वर्गीय भण्डारीले नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, माक्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययनमाथि आधारित भएर जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरेको प्रधानमन्त्री ओलीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ।

यसैगरि तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै शक्ति सन्तुलनको आधारमा कम्युनिष्ट आन्दोलन र संयुक्त वाममोर्चा गठन गर्न पहल गरेको विषयलाई प्रधानमन्त्री ओलीले स्मरण गरेका छन्। कमरेड पुष्पलालले सारेको तर उनको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा कमरेड मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो,– ओलीले वक्तव्यमा उल्लेख गरेका छन्।

तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं। यो विभाजन कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो,–प्रधानमन्त्रीले २८ औं मदन–आश्रित स्मृति दिवसको उपलक्ष्यमा जारी प्रेस वक्तव्यमा उल्लेख छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.