जनमैत्री अस्पताललाई कुर्सि दान

गोरखा, गाईखुर स्थाई घर भई हाल जरंखु, काभ्रेस्थली निवासी एक गृहिणीले कोभिडका विरामी र कुरुवा बस्नका लागि जनमैत्री अस्पताललाई ४० थान कुर्ची दान गरेकी छिन् । गोरखाकी अनिता पन्तले अस्पतालको अवलोकन क्रममा विरामीको चाप थपिएर बस्ने कुर्चीहरुको अभाव देखे पछि रवी लामिछाने फाउण्डेशनद्धारा कोभिडका विरामीको लागि संचालन गरेको जनमैत्री अस्पताललाई फाउण्डेशनका डिपि अर्यालसंगको सल्लाहमा कुर्ची हस्तान्तरण गरेकी हुन् ।

अस्पताल जाँदा विरामी र कुरुवाहरु बस्ने खाली कुर्ची खोज्नु पर्ने देखेर आफु पनि केहिबेर उभिनु परे पछि कुर्ची आवश्यक रहेछ भनेर कुर्ची सहयोग गर्ने मन लाग्यो र मैले तरकारी किन्दा बचत गर्दै गरेको केहि रकम खर्च गरि कुर्ची सहयोग गरेको हुँ, दाता अनिताले भनिन् । उनले थपिन्, मेरो आफ्नो कमाई नभए पनि एक गृहिणीको हिसावले घर चलाउन हात पर्ने रकमबाट हुँदै गरेको बचत र श्रीमानसंग केहि रकम लिएर कुर्ची किनेर दिंए । उनका श्रीमान सुसिल पन्त सफल पर्यटन ब्यावसायी हुन् । श्रीमान पन्त पनि समाजिक काममा सक्रिय छन् । गोरखाका विभिन्न विद्यालयको स्तरउन्नति, लायन्स सामाजिक कार्य, शिक्षासेवा आदीमा पन्तको सक्रियता रहेको छ ।

अहिलेको महामारीबाट उम्कन सबैको साथ रहनु पर्ने र यस्तो अवस्थामा देखिएको अभावमा केहि गर्छु भनेर सेवा गर्नका लागि एउटा गृहिणी अनिता पन्तले घर चलाउन पाएको रकमबाट भएको बचत खर्च गर्नु र कुर्ची दान गर्नु प्रेरणाको श्रोत हुने फाउण्डेशनका डिपि अर्यालले टिप्पणी गरे । सबैको साथ सहयोगमा फाउण्डेशनले जनमैत्री अस्पताललाई कोभिडको विरामी उपचारको लागि संचालन गर्ने प्रयत्न गरेको छ । असहाय र निम्न आर्थिक अवस्था भएका विरामीहरुको लागि यहाँ निःशुल्क उपचार गर्ने गरिएको छ ।

अर्यालको आब्हान थियो, महामारीमा सबैले सकेको साथ र हौसला प्रदान गरी महामारीलाई पराजय गरौं, हामी पनि यहि आब्हान गर्न चाहन्छौं ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.