जेठ २, काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य एवम् काठमाडौँ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राईले कोभिड विरुद्धको लडाईमा केन्द्र, प्रदेश र स्थानीय सरकारबीच बिशेष समन्वय भूमिका निर्वाह गर्ने बताएका छन् ।
काठमाडौँको जोरपाटी स्थित स्तुपा सामुदायिक अस्पतालमा जनप्रतिनिधिहरुको भेला संयोजन गर्दै संसद राईले स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मको संयुक्त जोडले मात्रै कोभिड बिरुद्ध लड्न सक्ने बताए । छलफलको सुरुवात नै स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुको अनुभव र राय लिदै स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुले अक्सिजन व्यवस्थापन , भ्याक्सिनको पहुच , कोभिड अस्पतालको व्यवस्थापन , तह–तह बिच समन्वय, अक्सिजनको अभाव , स्वास्थ्य सामग्री खरिद, भ्यान्टिललेटर प्राबिधिक सहितका समस्याहरु सम्बोधन गर्न नसके स्थिति भावावाहक हुन सक्ने बताए ।
कार्यक्रममा बागमती प्रदेश भौतिक मन्त्री रामेश्वर फुयाल , बागमती प्रदेससभा सदस्य छिरिंग दोर्जे लामा , काठमाडौँ महानगर प्रमुख बिद्या सुन्दर शाक्य , गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालीसे , स्तुपा सामुदायीक अस्पतालका निर्देशक पेम्बा लामा, शंखरापुर अस्पतालका निर्देशक रमेश ढकाल , गोकर्णेश्वर स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगाएतको उपस्थिति रहेको थियो ।
कोभिड बिरुद्धको लडाईलाई साझा बनाउने उद्धेश्यले आयोजना भएको कार्यक्रमले राजनैतिक, सामाजिक, प्रशासनिक एवम् समन्वयनकारी जिम्मेवारी गहन गर्ने निर्णय समेत गरेको छ । निर्वाचित जनाप्रतिनिधिहरुको भेलाले जोरपाटी स्थिति अर्थोपेडिक अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, क्षेत्र भित्रका सबै सरकारी सामुदायिक एवम् नीजि अस्पताललाई कोभिड व्यवस्थापन गर्न सहयोग गर्ने , कामपा वडा ६ भित्र रहेका सामुदायीक अस्पताललाई महानगरले आवश्यक सामाग्री सहयोग गर्ने , स्तुपा सामुदायीक अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न आग्रह गर्ने , गोकर्ण प्राथमिक अस्पताललाई आवश्यक सुधार गर्ने , कोरोना रोकथामका लागि घोषित निषेधाज्ञा पूर्ण पालना गर्न सहयोग गर्ने निर्णय भएका छन् ।

