गत २४ घण्टामा ८ हजार ५२० जनामा संक्रमण, २०३ जना मृतक थपिए

बैशाख ३१, काठमाडौं । शुक्रबार नेपालमा ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको पीसीआर र ५३० एन्टीजेन परिक्षण गर्दा क्रमशः ८ हजार ४६७ र ५३ जना गरी ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २०३ जना थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १लाख ७ हजार ३३६ रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन् । हालसम्म कोरोनाको कारण ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.