बहुमतको सरकारका लागि दाबी पेश भएन

बैशाख ३०, काठमाडौं । राष्ट्रपति कार्यालयल गठबन्धन सरकारका लागि कसैको दाबी नगरेको जानकारी दिएको छ । प्रवक्ताले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसारका लागि समसीमाभित्र कसैको पनि दाबी पेस नभएको बताएको हो ।

“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८÷१÷३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

?????????????????????????????????????????????????????????
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.