बैशाख ३०, काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको छ ।
ओली शीतल निवास पुगेपछि उहाँलाई प्रधानमन्त्री नियुक्त गरेको घोषणा हुनेछ । उहाँको सपथ भने शुक्रबार बिहानलाई तय गरिएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।

