सिसिएमसीद्वारा नेपाल मेडिकल कलेजसंग अक्सिजन उपलब्ध गराउन सहमति
बैशाख २९, काठमाडौँ । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीलाई अक्सिजन उपलब्ध गराउन नेपाल सरकार मातहत रहेको कोरोना विपद व्यवस्था समिति (सिसिएमसि) ले सहमती जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले यस अघि अक्सिजन उत्पादकहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिने निर्णय गरेसंगै अस्पतालहरुमा अक्सिजनको कमि भइ कोरोना संक्रमित बिरामीहरुको उपचारमा समस्या आएको थियो । नेपाल मेडिकल कलेज, शिक्षण अस्पतालले पनि अक्सिजनको अभावमा उपचार गराईरहेका र उपचारका लागि आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरासहित विज्ञाप्ती निकालेपछि सिसिएमसीको ध्यानाकर्षण भएको छ । दैनिक २५० अक्सिजन सिलिण्डर सिसिएमसीको सिफारिसमा सरकारले मेडिकल कलेज जोरपाटीलाई उपलब्ध गराउने निर्णय भएको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कर्मचारी युनियन (आधिकारिक ट्रेड यूनियन) का अध्यक्ष किरण केसीले बताए ।
अहिलेको जटिल परिस्थिथिमा पनि अस्पतालहरुले आफ्नो पूर्ण क्षमतामा स्वास्थ्य सेवा दिईरहेको छ । अध्यक्ष केसीका अनुसार – ‘स्वास्थ्य क्षेत्रमा अहिले धेरै समस्य देखिनुमा सरकार जिम्मेवार छ, सरकारले आवश्यक समन्वय गर्न नसक्दा समस्याहरु गम्भीर देखिएका हुन् ।’ उपत्यकाका अस्पतालहरुले आफ्नो क्षमतानुसार काम गर्न चाहेपनि सरकारको समन्वयात्मक भूमिका फितलो भएका कारण कोभिड तथा अन्य रोगका बिरामीहरुलाई उपचारमा कठिनाई भएको छ ।

