निषेधाज्ञामा यसरी गरौँ मानसिक स्वास्थ्यको स्याहार

बैशाख २९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञामा मानसिक स्वास्थ्यमा ध्यान पुर्‍याउन विभिन्न सुझाव दिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आजसम्म देशका ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण घरभित्रै रहिरहँदा मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने विज्ञ बताउँछन् ।

यी हुन् मन्त्रालयले मानसिक स्वास्थ्य स्याहारको निम्ति दिएका सुझाव
१. नियमित रुपमा शारीरिक व्यायाम, योग तथा ध्यान गरौँ ।
२. दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राखौँ ।
३. घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हौँ ।
४. सामाजिक सञ्जालको प्रयोग घटाऔँ र अधिक समाचार नहेरौँ ।
५. रुचिका खेल खेल्ने, किताब पढ्ने, लेख्ने, रचनात्मक चलचित्र हेर्ने गरौँ ।
६. टाढा भए पनि आफन्त र साथीभाइसँग नियमित सम्पर्कमा रहौँ ।
७. सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाऔँ ।
८. तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविद्सँग परामर्श गरौँ ।
९. पर्याप्त मात्रामा सुतौँ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.