गण्डकीमा मुख्यमन्त्री चयनको अन्तिम समयसीमा आज

बैशाख २९, काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयन आज हुँदैछ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको तीन दिनको समयसमीमा आज सकिँदैछ ।

गुरुङले गत आइतबार राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख सीता पौडेलले दलहरूलाई नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् । प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ । ६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.