बैशाख २८, काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ निषेधाज्ञा जारी रहने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
सोही बैठकले पार्टी प्यालेसमा हुँदै आएको विवाह, व्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले अत्यावश्यक परेकाले स्वास्थ्य मापदण्ड अपनाएर घरमै विवाहजस्ता कार्यक्रम गर्न सक्ने र त्यसका लागि अनुमति आवश्यक नभएको बताए । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातमा सकिँदै छ । अरु निर्णयहरु भने यसअघिका निषेधाज्ञामा क्रममा भएकाहरुको निरन्तरता रहेको पराजुलीले जानकारी दिए ।

