ज्ञानकजी तामाङ
बैशाख २५ , काठमाडौ । कोभिड– १९ संक्रमण भइ सकेपछि होम आइसोलेसनमा बस्दा गार्हो भएमा के गर्ने ? नेपाल सरकार स्वास्थ्य मन्त्रालयको जवाफ छ । हटलाइन ११३३ मा फोन गर्नुहोस् र त्यहाँबाट प्राप्त निर्देशनको पालन गर्नुहोस् । शुक्रबार ललितपुर कुसुन्तीमा १० दिनदेखि होम आइसोलेनमा बसिरहेका २६ बर्षिय कोभिड संक्रमित निषा श्रेष्ठ (नाम परिवर्तन) लाई श्वासप्रश्वासमा सामान्य असहज महसुस हुँदा मन्त्रालयको हटलाईन ११३३ मा सम्पर्क गरे ।
त्यसपछि एकजना चिकित्सकसँग कुरा गर्दा सम्पुर्ण समस्य बताए । चिकित्सकले जतिसक्दो चाडो नजिकैको कोभिड अस्पतालमा सम्पर्क गर्न सुझाव दिए । नजिकै रहेको जावलाखेल स्थित सुमेरु सिटी अस्पतालमा फोन गरेर नाम दर्ता गराएर कोभिड ओपिडिमा गए । करिब १ घण्टा चिसो प्रतीक्षा कोठामा कुर्न लगाएर बल्लबल्ल डाक्टर आए । ब्लड प्रेसर, श्वासप्रश्वास , ज्वरो लगायत चेकजाँचपछि सामान्य छ भन्दै डाक्टरले केही औषधी लेखेर दिए । त्यतिनैखेर फोक्सो र छातीको अवस्था थाहाँ पाउन सिटि स्यान गर्न सुझाव दिए ।
काउन्टरमा गएर बिल बनाउने बेलामा सुरुमा छातीको सिटी स्यानको ५५०० रुपैया लाग्ने बतायो । तर जब कोभिड संक्रमितको सिटीस्क्यान गर्नुपर्ने भनेपछि काउन्टरमा रहेको कर्मचारीले ८५०० रुपैयाँ लाग्ने बताए । किन यति धेरै भनेर प्रश्न गर्दा कोभिड शुल्क ३००० रुपैया बढि पर्ने बताए । रु. ३००० रुपैया बढि लिएर सिटीस्यान गरेर हेर्दा अवस्था सामान्य नै देखियो ।

सरकारले महामारी र बिपत्तिको बेलामा महँगो शुल्क लिने र कालोबजारी गर्नेलाई कारबाही गर्छु भनेर भनिरहदाँ राजधानीकै नीजि अस्पतालहरुले भने यसरी खुलायाम रुपमा महँगो शुल्का लिएर सेवाग्राही ठगिरहेका छन् । शुक्रबार मात्रै सरकारले बढि शुल्क लिएर कोभिड संक्रमित ठगेको भन्दै २ अस्पताललाई स्पष्टीकरण सोधिएको थियो । तर न त अस्पतालहरुले सो कारबाहीपछि ठग्न छोडेका छन् न त सरकारले नै कडा कारबाही गर्न सकेका छन् ।

सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री आफ्नो पद कसरी जोगाउने भनेर राजनीतिक खिचतानी गरिरहदाँ महामारीको बेला आम जनता भने पाइला पाइलामा ठगिन वाध्य छन् । अस्पताल क्षेत्रमा मात्रै हैन अहिले बजारमा हरेक सामान र सेवाको मुल्या ब्यापारीले आफुखुसी रुपमा बढाएर लिन्छन् । खाद्यान्न दाल, चामल , खाने तेल, चिनि जस्ता अत्यावश्यक सामाग्रीमा अचक्ली मूल्य वृद्धिगराएको छ । कतिपय ठाउमा कृतिम अभाव समेत सृजना गरेको छ ।
महामारीको समय समस्यामा परेका नागरिकमाथी केही कथित अस्पतालको नाममा यसरी खुलायाम ठगिदा सरोकारवाला र राज्य कहाँ लुकेर बसेका छन् ? यसतर्फ सम्बन्तिध पक्षको चाँडै ध्यान जाओस् ।

