६ गुणा बढी भाडा लिने सवारी साधनलाई ट्राफिक कार्यालय काभ्रेद्वारा कारबाही

बैशाख २४, काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब ६ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ।

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ। प्रतियात्रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायात साधनलाई यातायात व्यवस्था विभागमा कारबाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिइन्। उनले भनिन्, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ ।”रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.