बस भाडा चार हजार लिएको भन्दै टिकट काउण्टरका कर्मचारी पक्राउ

बैशाख २३, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने तथ्यलाई मनन गरि छड्के अनुगमनका लागि परिचालन भएको सादा पोशाकको टोलीले गंगबु नयाँबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको हो।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले, स्याङ्जा चापकोट ७ घर भइ मित्रनगर बस्ने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी वर्ष ३० को मिलन सारुलाई पक्राउ गरेको पुष्टी गरे। काठमाडौंदेखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा निजले तीन हजारदेखि चार हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिएको उनले बताए। पक्राउ परेका सारुले बैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङ्गसम्म जान बढी भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ। पक्राउ परेका मिलनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.