उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि

वैशाख २२, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा चार हजार ८२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशभरि आठ हजार ६०५ जना सङ्क्रमित पहिचान गरिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार ८२५ जना सङ्क्रमितको पुष्टि भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौंमा तीन हजार ८४९ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गर्नुभएको छ । प्रवक्ता गौतमले हाल ६०० जना सङ्क्रमित आईसीयूमा रहेकोमा १५६ जना भेन्टिलेटरमा रहेको बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.