प्रधानमन्त्री ओलीद्वारा आफूलाई विश्वासको मत दिन देउवासँग आग्रह

बैशाख २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

एमालेका केही नेताहरुसहित देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका ओलीले यस्तो आग्रह गरेका हुन् । जवाफमा देउवाले आफू विपक्षी दल भएकाले अहिले यस्तो सहयोग गर्न नसकिने बताएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। बैठकमा कोरोना प्रभावितलाई कसरी उपचार गराउने भन्ने बारेमा पनि छलफल भएको थियो ।

ओलीसँग महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि गएका थिए। यता कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत लगायत उपस्थित थिए।

वैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्। तर उनीविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । यस लगत्तै ओली आज देउवा निवास पुगेका हुन्। वर्तमान राजनीतिमा ओली(देउवाको भेटलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.