प्रतिनिधिसभा बैठकको तयारी तिब्र

बैशाख २२, काठमाडौँ । सरकारले विश्वासको मत लिने प्रयोजनका लागि आगामी २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएसँगै संसद् सचिवायले प्रतिनिधिसभा बैठकको तयारी तिब्र बनाएको छ।

बैठक बस्नुपूर्व प्रतिनिधिसभामा सहभागी हुने सांसदहरु, सचिवालयका कर्मचारीहरु, सुरक्षा निकायमा कर्मचारी, पत्रकार लगायतको कोरोना परीक्षण गराईंदैछ। यसका साथै बैठकको व्यवस्थापकीय कामलाईसमेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ। संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रयोजनका लागि मात्रै सरकारले अधिवेशन बोलाउन नमिल्ने भन्ने तर्क र वहस भइरहँदा, विश्वासको मत लिने प्रक्रिया कसरी सम्पादन हुन्छ भन्ने चासो पनि सर्वत्र बढेको छ।

संघीय संविधान जारी भएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको यो पहिलो घटना हो। संविधानको धारा १ सयको उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्था छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.