गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

बैशाख २०, काठमाडौ । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रखुममा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  सोमबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला पन्तलाई पदमुक्त गरेकी थिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.