उपत्यकामा एकैदिन ३ हजार ५९५ काेराेना संक्रमित थपिए

बैशाख १९, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २११ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । २४ घण्टामा १६ हजार ७७० वटा नमुनाको परीक्षण गरिएकोमा ७ हजार २११ जनाको नतिजा पोजेटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन् । अहिले मुलुकभर ४७७ जना आइसीयु र १३१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.