बिक्कीको निर्देशनमा रहेको ‘माया बैगुनी क्यारम नभै नहुनी’ मा दिलिप र उर्मिला

बैशाख १३, काठमाडौं । न्युयोर्कमा बिगत १ दशक देखि बसोबास गर्दै आईरहेकी गायिका उर्मिला लाम्गादेको “माया बैगुनी क्यारम नभै नहुनी” गित भिडीयो सहीत सार्बजनिक भएको छ ।

प्रवासमा रहेर पनि नेपाली गीतसंगीतमा सकृय रहदै आईरहेकी उर्मीलाको यो चौथो गित र भिडीयो हो । आज मात्रै सार्बजनिक भएको यस गितको भिडीयो ‘माया बैगुनी क्यारम नभै नहुनी’मा उर्मिला आफैले अभिनय समेत गरेकी छिन् भने अभिनेता दिलिप रायमाझीले उनलाई साथ दिएका छन् । उर्मिलाको स्वर रहेको गीतमा संगीत र शब्द वसन्त सापकोटाको रहेको उक्त भिडीयोमा सम्पादन बिष्णु खड्काको रहेको छ भने क्यामरा र निर्देशन विक्की पुलामीले गरेका हुन् ।

गीतमा सुदिप सागरको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ रहेको छ ।नमस्ते मिडिया इन्कको प्रस्तुती रहेको यो गीतको म्युजिक भिडियो अमेरिकामा नै छायांकन गरिएको हो भने बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.