कोरोना अस्पतालमा आगलागी हुँदा १३ बिरामीको मृत्यु

बैशाख १०, काठमाडौं । भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ बिरामीको मृत्यु भएको छ।

महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो।

अधिकारीहरुका अनुसार कोरोना संक्रमितले ९९ प्रतिशत बेड भरिएका छन् भने अस्पतालका पेटी र खुला ठाउँमा बिरामीहरुको भीड लागेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजार ५ सय संक्रमित थपिएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.