‘उषा को किरण’ मा रोमाण्टिक मुडमा देखिए चन्दन र प्रतिभा ( भिडियो )

बैशाख ७, काठमाडौँ । अस्ट्रेलियामा छायांकन गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘उषा को किरण’ सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा स्वर राजेश राज जोशीको रहेको छ। यस गीतलाई स्वयंम गायक जोशीले संगीतवद्द गरेका हुन्। जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन्। गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जन बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। सुदिप बिस्टको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। हाइलाइट्स नेपालको मार्फत भिडियो सार्वजनिक गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.