सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

बैशाख ७, काठमाडौं । काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै छ । पहिलो दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथ तानेर असन पुर्‍याइने सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति असनमा मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गरी जात्रा मनाइने समितिका अध्यक्ष नीलकाजी शाक्यले बताए । ३२ हात लामो रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रवहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.