पहाडी भू–भागमा मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना

बैशाख ६, काठमाडौं । पहाडी भू–भाग सोमबार (आज) विहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा अपराह्न्नपछि मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै आजराति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग÷ हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साँझपख मेघगर्जन÷ चट्टयाङ्ग÷ हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.