बैशाख ५, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ प्रदेश (क) भित्रका मूख्य सडक तथा गल्लीमा सडक बत्ति जडान गरिएको छ ।
प्रदेश विकास पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत सोही क्षेत्रका प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस बागमति प्रदेश संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाको विशेष पहलमा निर्वाचन क्षेत्रका विभिन्न स्थानहरुमा सौर्य सडक बत्ति जडान गरिएको हो ।

काठमाडौँ महानगरपालिका वडा नं. ६, गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५ र ६ गरी तीन ओटै वडाहरुको महत्वपूर्ण स्थान तथा गल्लीहरुमा बत्ति जडान गरिएको छ । जोरपाटी चोक, बराल पेट्रोल पम्प देखि मिलनचोक बाहुनधारा र कामनपा का नयाँबस्ती, पाटीटार, बौद्धको मूल सडक लगायत विभिन्न स्थानहरुमा प्रदेश सांसद छिरिङ दोर्जे लामा आफ्नै सक्रियतामा बत्ति राखिएको छ ।

अघिल्लो वर्षमा ५० लाख बराबरको बत्ति जडान गरिएको जानकारी दिदै यस पटक भने २० लाख बराबरको बत्ति जडान कार्य भईरहेको सांसद लामाले बताए । प्रदेश विकास पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगतको बजेट विनियोजित गरी बत्ति जडान कार्यलाई अगाडी बढाएको उनले बताए । चोरी, डकैती, लुटपाट जस्ता गतिविधि रोक्न सडक बत्तिले सहयोग गर्ने विश्वास व्यक्त गर्दै स्थानीय जनताकै माग बमोजिम आफ्नो निर्वाचन क्षेत्रमा सो कार्यक्रम ल्याएको बताए ।

सबै टोलटोलमा पुग्ने गरी उज्यालने कार्यक्रम नारा सहित आफ्नो निर्वाचन क्षेत्रभरी सडक बत्ति जडान कार्य सम्पन्न गरेको छ । बत्तिको अभावका कारण लुटपाट तथा सामाजिक विकृति जस्ता समस्याहरु बढ्न थालेपछि सांसद लामाकै सक्रियातामा बत्ति जडान कार्य भईरहेको छ । २४, ३० र ५० वाटका बत्तिहरु विभिन्न स्थानहरुमा राखिएको छ । बत्ति जडान कार्यमा कामनपा वडा– ६ का अध्यक्ष दीपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी र अन्य स्थानीय समाजसेवीहरुको पनि सहभागी थिए ।

