बैशाख ५, काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का एक हजार ९६ संक्रमित थपिएका छन् । पाँच हजार ७८३ वटा नमुनाको परीक्षण ९पीसीआर ५,०८४ र एन्टिजेन विधिबाट ६९९० गरिएकोमा एक हजार ९६ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या दुई लाख आठ हजार ६७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा काठमाडौं उपत्यकामा मात्रै ४३५ जना रहेका छन् । भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा ३२६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड(१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या दुई लाख ७५ हजार ३०० पुगेको छ ।

