कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

बैशाख ५, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक आइतबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ।

बैठक गत चैत ३० मा बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो। आजको बैठकमा १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ। साथै बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। चैत ३० मा बैठक बस्न नसकेपछि कतिपय जिल्लाले त्यसपछि पनि सदस्यता इन्ट्रीको काम गर्ने समय पाएका थिए। केही जिल्लामा विभिन्न पार्टीसँगको एकीकरणपछिको समायोजन पनि बाँकी रहेकाले क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन भने कतिपय जिल्लामा आन्तरिक किचलो छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.