बैशाख ४, काठमाडौँ । गोकर्णेश्वर महिला जागारण मञ्च नेपालद्वारा सञ्चालित एक महिने सिलाई तथा होजियारी तालिमबाट महिलाहरु लाभान्वित भएका छन् ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो तालिमबाट प्रशिक्षित महिलाहरुले आयअर्जन गर्न सक्ने भएका छन् । सीप क्षमताको अभिवृद्धिबाट स्वरोजगार तथा आर्थिक रुपमा सबल बनाउन सहयोग पुगेको छ । तालिमको समापन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेद्वारा सहभागी प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको चालिसेले समाजको आर्थिक विकासमा महिलाहरुको सहभागीता आवश्यक रहेको बताए ।

त्यस्तै वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले प्रशिक्षर्थीहरुले सिकेको सीपलाई उद्यामीको रुपमा विकास गर्दै लान आग्रह गरे । अध्यक्ष सुवेदीले महिला उद्यामशीलताले आर्थिक भर न्यूनिकरण गर्न सहयोग पुग्नेमा विश्वास गरे । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रमेश अर्यालले सिकाई सीपबाट आर्जित ज्ञान र उत्पादित सामग्रीको बजार व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए । उनले रोजगार प्रर्वद्धनका काममा सक्रियताका साथ लाग्न आग्रह गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धतता गरे ।

एक महिने तालिममा टाउजर, टिशर्ट, वान पिस लेगेज, प्रिन्टेट टिर्शट आदि सामग्री उत्पादन गर्न सहभागी प्रशिक्षर्थीहरु सक्षम भएको प्रशिक्षक पार्वती सापकोटाले बताईन् । उनले घरभित्र मात्र बसेर नहुने बताउँदै समान अवसर र अधिकारका लागि सीप सिकेर आत्मनिर्भर हुनुपर्ने बताईन् ।

जागारण मञ्च नेपालद्वारा पहिलो चरणमा २५ जना महिलालाई प्रशिक्षित गरेर उत्पादित सामग्रीहरु कार्यक्रममा प्रर्दशनी समेत गरेका थिए । उनीहरुको सीपबाट उत्पादित सामग्री बजार व्यवस्थापनको लागि नगरपालिका भित्र र अन्य ठाउँका विभिन्न कपडा पसलहरुमा होलसेल मूल्यमा बिक्रि वितरण गरिने संस्थाकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले बताईन् । इच्छुक व्यवसाय गर्नेहरुलाई सम्पर्क गरी होलसेल मूल्यमा बिक्रि वितरण गर्न समेत आग्रह गरिन् ।

कार्यक्रममा वडा नं. ६ का वडा सदस्य नवराज लामा, तुलसा तिम्सिना, नेकपा (माओवादी केन्द्र) काठमाडौँ जिल्ला सचिवलाय सदस्य टिआर नेपाल, गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, युवा व्यवसायी भागवत सापकोटा, छिरिङदोर्जे पाख्रिन, नेकपा (माओवादी केन्द्र) गोकर्णेश्वर नगर अध्यक्ष मान बहादुर तामाङ, समाजसेवी शुसिला पौडेल, उद्धव आचार्य लगात अतिथि रहेका थिए ।

समाजमा न्यून आय भएका महिलाहरुलाई सीप सिकाई आयअर्जनको आधार बनाउन कार्यक्रम सञ्चालन गर्दै आएको महिला जागारण मञ्च नेपालले पछिल्लो समयमा महिलाहरुलाई अग्रसर बनाई आर्थिक रुपमा सबल बनाउने बाटो देखाउन तालिमहरु गर्दै आएको छ । दीगो र भरपर्दो स्वरोजगारमूलक अभियानबाट परिवार, समाज र सिंगो देशमा हुने आर्थिक भारलाई न्यूनिकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जागारण मञ्चकी अध्यक्ष रेणु कार्कीले बताईन् ।


