मूख्य मन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै

बैशाख २, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ ।

भोलि शुक्रबारसम्म अविश्वास प्रस्ताव ल्याउने तयारी छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक छलफल निकै तीव्र भएको एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसँग केन्द्रमा नै यस विषयमा सहमति भइसकेको छ । कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने गरी सहमति जुटेको स्रोत बताउँछ । लुम्बिनी प्रदेशमा एमालेका मात्रै ४१ सांसद छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । राष्ट्रिय जनमोर्चाले यसअघि गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भए मुख्यमन्त्रीको विरुद्धमा मतदान गर्ने बताइसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.