विश्वभरि मृत्यु हुने २९ लाख ५८ हजार नाघ्यो, कुन देशमा कति हेर्नुहोस् सुची

चैत ३१, काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण विश्वभर २९ लाख ५८ हजार ८६७ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका १३ करोड ७२ लाख ६६ हजार ६५४ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ११ करोड ०४ लाख ५८ हजार १९९ जनाको उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ५ लाख ७६ हजार २९८ जनाको मृत्यु भएको छ भने ३ करोड १९ लाख ९० हजार १४३ जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ । इटलीमा मृत्यू हुनेको संख्या १ लाख भन्दा बढी छ । ब्राजिलमा ३ लाख ५५ हजार ०३१, भारतमा १ लाख ७१ हजार ०८९, स्पेनमा ७६ हजार ५२५, फ्रान्समा ९९ हजार १३५, बेलायतमा १ लाख २७ हजार १०० जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा २ लाख ८० हजार ५२४ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ३०५३ को मृत्यु भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.