चैत ३०, काठमाडौं । कालिदेवी मिडिया हाउसद्वारा निर्मित टेलिचलचित्र “भाग्य छोराको” २५ औं भाग पुग्न सफल भएको छ ।
२५ औँ भाग पुगेको अवसरमा मिडिया हाउसले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ । आउने २०७८ सालको बैशाख ४ गते जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रम गरि सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्री दावा तामाङको प्रमुख आतिथ्यता तथा विभिन्न सामाजिक तथा साँस्कृतिक व्यक्तित्वहरुको सहभागीतामा कार्यक्रम हुने बताएको छ । दिनको ठिक १२ः ३० मा हुने उक्त कार्यक्रममा कलाकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकहरुलाई उपस्थिति हुन मिडिया हाउसका निर्देशक बिनयक तामाङले अपिल गरेका छन् ।

