महासंघको नवनिर्वाचित पत्रकारहरुलाई शुभकामना तथा बधाई

चैत ३०, काठमाडौँ । अनलाइन टिभी पत्रकार संघ नेपालले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको हो ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले आफ्नो नेतृत्वको टिमले समाजको अनिवार्य आवश्यकताको रुपमा अनलाइन मिडियालाई राज्यमा स्थापित गर्ने प्रतिबद्वता गरे । ‘अनलाइन मिडियालाई स्विकार गर्नुको विकल्प छैन,’ उनले भने, ‘राज्यलाई कस्तो कानुन बनाउने भन्नेमा हामीले सुझाव दिनेछौ ।’ अनलाइन मिडियामा आवद्व सबै समाजको ऐना हुनुपर्ने बताए । उनले पत्रकारितामा भएको समस्यालाई खोजेर समाधान गर्ने पनि बताए । अनलाइन मिडियालाई बैधता दिन हर सम्भव प्रयास गर्ने स्पष्ट पार्दै पोखरेलले भने, ‘कुनै पनि हालतमा अवसरलाई दुरुपयोग हुन दिनेछैन । ’

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पत्रकार महासंघमा सक्षम, समावेशी र व्यवसायी टिम आएको बताए । उनले भने, ‘नेपालमा पहिलो पटक सबै पत्रकारहरुले प्रत्यक्ष रुपमा मतदान गरेर पत्रकारको समस्या समाधान गर्न सक्षम टिम पठाएका छन् ।’ उनले नयाँ टिमले पत्रकारले भोग्नु परेको समस्याको समाधान गर्ने विश्वास गरे । धमलाले महासंघसँग सहकार्य गरेर अगाडी बढ्ने समेत प्रतिवद्वता व्यक्त गरे । संघको २६ औ महाधिवेशबाट निर्वाचित महिला उपाध्यक्ष बाला अधिकारीले अनलाइन मिडियाहरुलाई स्थापित गर्ने चुनौती पुर्ण कार्य रहेको भन्दै आफ्नो टिमले हरप्रयास गर्ने बताइन् । उनले समानुपातिक विज्ञापनलाई स्थापित गर्न पहल गर्ने प्रतिवद्वता गरिन् । अधिकारीले महिला पत्रकारहरुलाई समावेशी मुलधारमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिइन् ।

अनलाइन टिभी पत्रकार संघ नेपालका अध्यक्ष जीवन भण्डारीले असंगठित र अव्यवस्थित तरिकाले संसार भरी रहेका अनलाइन मिडियाकर्मीहरुको हक अधिकार र तिनको व्यवस्था गर्न, शुद्विकरण र सुध्रिकररण गरेर लैजाने मुख्य दायित्व प्रति महासंघको नयाँ टिमले ध्यान दिनु पर्ने बताए । उनले अनलाइन पत्रकारको पहिचान दिलाउन आग्रह गरे । कार्यक्रममा बोल्दै अनलाइन टिभी पत्रकार संघ नेपालका उपाध्यक्ष सन्जिब रेग्मीले स्वागत भाषण गरेका थिए । उनले पत्रकार महासंघले अबका डिजिटल अनलाइनलाई समेट्न आग्रह गरे । महासंघका नवनिर्वाचित सचिव (एसोसिएट) पवन आचार्यले संगठन विभागमा विभिन्न कारण देखाएर पत्रकार महासंघको एशोसिएट संस्थाको रुपमा आवद्व हुन निवेदन दिन आग्रह गरे । महासंघमा निवेदन दिएपछि प्रक्रिया अगाडी बढाइने बताए । आचार्यले आफ्नो टिमले अनलाइन मिडियाकोे हितको लागि विशेष पहल गर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.