नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्धारा काठमाडौं घोषणापत्र जारी

चैत ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले सरकारसमक्ष विभिन्न ३९ बुँदे माग अघि सारेको छ ।

यही चैत्र २८ गते काठमाडौंमा सम्पन्न भएको चौथो केन्द्रीय परिषद्को बैठकबाट पारित भएका विभिन्न ३९ बुँदे काठमाडौं घोषणापत्रसमेत आज सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराईएको हो । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको मिति २०७७ चैत्र २८ गते काठमाण्डौंमा सम्पन्न चौथो केन्द्रीय परिषद्को बैठकबाट पारित भएको ३९ बुँदे काठमाण्डौं घोषणापत्रमा उल्लेखित तपसिल बमोजिमका बुँदाहरु यथासिघ्र सम्बोधन गरी निजामती प्रशासनलाई समृद्ध पार्न निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछौ ।’

कार्यक्रममा संगठनका अध्यक्ष हरिबहादुर रावलले कर्मचारीसम्बन्धी तीनै तहका ऐनहरु अविलम्ब लागु गर्न माग गरे । त्यस्तै, ट्रेड युनियन अधिकारलाई निजामती सेवा ऐन २०४९ को दफा ५३ अनुसार व्यवस्था कायम गर्नुपर्ने पनि उनको माग छ । रावलले संघीय निजामती सेवा ऐनमा राजपत्र अनङ्कित प्रथम श्रेणीबाट राजपत्राङ्कित तृतीय श्रेणीको बढुवामा कार्य क्षमता, जेष्ठता र कार्य सम्पादनबाट ३०% र आन्तरिक प्रतियोगितात्मक परिक्षाबाट २०% गरी ५०% पदहरु बढुवाका लागि र ५० % खुल्लाका लागि सुरक्षित गरिनुपर्ने पनि माग गरे । कार्यक्रम सञ्चालन संगठनका उपाध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका केन्द्रीय सचिव अम्बादत्त भट्टले गरेका थिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.