ललितपुर महानगरले ६ ओटा अपांगमैत्री बिजुली बस ल्याउँदै

चैत ३०, काठमाडौं । ललितपुर महानरपालिकाले ६ ओटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ । साझा यातायातको सहकार्यमा ४ महिनाभित्रमा ६ ओटा बिजुली बस सञ्चालनमा ल्याउन लागिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनकाअनुसार बस अपांगमैत्री हुनेछन् । ‘‘अपांग, बालबालिका, वृृद्धवृद्धाले पैसा तिर्न पर्दैन । बस किन्न महानगरले साझा यातायातलाई साढे दुई करोड रुपैयाँ दिइसकेको छ,” उनले भने । बढ्दो जलवायु प्रदुषणलाई कम गर्न सहयोग हुने भएकाले बिजुली बस सञ्चालनमा ल्याउन लागिएको महानगरले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.