चैत ३०, काठमाडौँ । चर्च ब्वाइजले सोमबार सहिद स्मारक लिग सी डिभिजनको उपाधि जितेको छ ।
लिगको अन्तिम खेलमा खेलमा झापा फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजका लागि रिजन माझी र सोम थापाले गोल गरे । झापाका लागि श्यामुले एक गोल फर्काए । उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैंया पनि हात पारेको छ । साथै बी डिभिजनमा उक्लिन सफल पनि भएको छ । चर्च ब्वाइजसँगै वीरगञ्ज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि बी डिभिजनमा उक्लेका छन् ।

