११औँ विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न, लाइफटाइम एचिभमेन्टबाट वैद्य सम्मानित 

चैत २९, काठमाडौँ । एघारौँ संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’ सम्पन्न भएको छ । यस पटकको ११औँ रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ मा ४ जना विशेष र अन्य विभिन्न २५ विधामा कलाकारहरु सम्मानित भएका छन् ।

वरिष्ठ गायक योगेश वैद्य ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मानित भएका छन् । यो सम्मानको राशी एक लाख रुपैयाँ रहेको छ। अस्वस्थ रहेका सङ्गीतकर्मी योगेश वैद्यलाई उनको वासस्थानमै पुगेर आयोजकले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेका हुन्।

यस्तै, गायिका कुन्ती मोक्तानलाई ५० हजार रुपैयाँ राशीसहितको ‘बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मानित गरिएको छ । गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७ र बरिष्ट पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मानित गरिएको छ।

यी हुन् २५ विधामा सम्मानित हुने कलाकारहरु

यसपटकको पपूलर अवार्डबाट नायक पल शाह र नायिका अनु शाह सम्मानित भएका छन् भने अन्तराष्ट्रिय संगीत सम्मानबाट दुबईमा बस्दै आएका सुरज गैरे विवश सम्मानित भए। पब्लीक च्वाईस अवार्डबाट गायक नरेश खाती र जूरी अवार्ड गायक रमेशराज भट्टराई र गीतकार बि. पाण्डेले हात पारे। सर्बोत्कृष्ट गीतमा माया हे मायाबाट ध्रुवप्रसाद अम्गाई र सुगम संगीत सर्बोत्कृष्ट गायकको अवार्ड अस्तायौ किन तिमीबाट अजर जंगमले हात पारे।

सुगम संगीत सर्बोत्कृष्ट गायिकाको अवार्ड मुटु जली खरानी भोबाट पूर्णिमा तामाङ (लामा)ले हात पारिन् भने सुगम संगीत सर्बोत्कृष्ट संगीतमा म एकदिन झरीमाबाट बिबि अनुरागीले हात पारे। सुगम संगीत सर्बोत्कृष्ट रचनामा पत्थरको जस्तो मुटु बोलको गीतबाट मोहन कुमार खत्री र सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन) मा जिन्दगीको के छ र भरबाट उदयराज पौडेल बिजेता बने।

तिमी र म बोलको गीतबाट धन किरण गुरुङले सर्बोत्कृष्ट पप गायकको अवार्ड हात पारे भने फक्रिन नसकेको फुलबाट सिर्जना कार्की सर्बोत्कृष्ट पप गायिका बन्न पुगिन्। सर्बोत्कृष्ट यूगल गायनमा  रामचन्द्र काफ्ले र जुनु रिजाल, सर्बोत्कृष्ट लोक दोहोरी गायकमा शिरिष देबकोटा, सर्बोत्कृष्ट लोक दोहोरी गायिकाबाट सरिता कार्की, सर्बोत्कृष्ट लोकदोहोरी भाकामा प्रकाश सपुत, सर्बोत्कृष्ट लोकदोहोरी रचनामा नवराज पन्त, सर्बोत्कृष्ट लोकदोहोरी गीतमा करण न्यौपाने विजयी बने।

यस्तै, सर्बोत्कृष्ट पप तथा आधुनिक भिडियो दुर्गेश थापा र प्राचि लामा, सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीतबाट तेजेन्द्र काफ्ले, सर्बोत्कृष्ट लोदोहोरी म्यूजिक भिडियो निर्देशकमा काजिश श्रेष्ठ, सर्बोत्कृष्ट सुगम सगीत म्यूजिक भिडियो निर्देशकमा देवेन्द्र पाण्डे, सर्बोत्कृष्ट सुगम संगीत महिला गीतकारमा बिनिता उप्रेति खनाल, सर्बोत्कृष्ट म्युजिक भिडियो छायांकारमा राजेश घिमिरे सम्मानित भए।

यसैगरी सर्बोत्कृष्ट म्युजिक भिडियो सम्पादकमा बिनोद बम विजयी भएभने सर्बोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा समिक्षा अधिकारी, सर्बोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभामा देबेन्द्र बब्लू, सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल अवार्डबाट आशिरप्रताप जंग र सारिका केसी सम्मानित भए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.