संकटा आहा-रारा गोल्डकप च्याम्पियन

चैत २८, काठमाडौं । १९औँ संस्करणको आहा– रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ ।

शनिबार पोखरामा भएको फाइनल खेलमा अफ्रिकन रुट्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै संकटा विजेता बन्यो । संकटा पहिलोपटक आहा(रारा गोल्डकप च्याम्पियन बनेको हो । उपाधिसँगै संकटाले नगद १० लाख एक हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता अफ्रिकनले पाँच लाख एक हजारमा चित्त बुझायो । यसअघि, निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

खेलको ११औँ मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै अफ्रिकन रुट्सलाई अग्रता दिलाएका थिए ।  संकटाका लागि ५२औँ मिनेटमा ग्लोरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । प्रतियोगितामा आठ क्लबको सहभागिता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.