देउराली डोजोद्वारा पेट्रोलियम डिलर्सका अध्यक्ष प्रधान सम्मानित

चैत २४, काठमाडौँ । नेपाल सितेरियो संघ, देउराली डोजोले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा निर्वाचित आफ्ना संस्थापक सदस्य लिलेन्द्र प्रसाद प्रधानलाई मंगलबार सम्मान गरेको छ।

डोजोको तर्फबाट अध्यक्ष राजेश जोशीले प्रधानलाई सम्मानित गरेका हुन्। प्रधानले आफ्नै परिवारबाट सम्मानित हुँदा निकै खुसी लागेको अनुभव साँटे। उनी कराँतेका पूर्व राष्ट्रिय खेलाडी हुन्। प्रधानले देउराली डोजोबाट विभिन्न राष्ट्रिय प्रतियोगिताहरु खेलेका थिए। अध्यक्ष जोशीले आफ्ना पूर्व खेलाडी सम्मानित निकायको नेतृत्वमा पुग्दा डोजोले गर्व महसुस गरिरहेको बताए। उनले डोजोका खेलाडीको विकाशका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै चाँडै दोस्रो देउराली कप आयोजना हुने जानकारी दिए। केही दिनअघि सम्पन्न नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औँ साधारण सभाले प्रधानलाई अत्यधिक बहुमतले निर्वाचित गरेको थियो। उनी लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

२०३४ सालमा क्लब र २०४५ सालदेखि डोजोका रुपमा देउराली डोजोले कराँतेमा सहभागिता जनाउँदै आएको छ। नेपाल कराँते महासंघका महासचिव हरिशरण केसी, उपमहासचिव ओमकृष्ण प्रसाई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक तथा वरिष्ठ प्रशिक्षक तुल्सीकुमार महर्जन, नेपाल सितेरियो कराँते संघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, देउराली क्लबका अध्यक्ष अर्जुन राना, पूर्व राष्ट्रिय खेलाडी सन्तोष याख्या र श्री भीमसेनगोला माध्यमिक विधालयका प्रधानाध्यापक गणेशकुमार राई, देउराली डोजोका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठ, प्रशिक्षक तारा गुरुङलगायतको उपस्थिती रहेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.