चैत २४, काठमाडौँ । नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू– भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू– भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो देशका पहाडी भू– भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू– भागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखा जारी बुलेटिनमा उल्लेख छ। राति देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू– भागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार देशका पहाडी भू– भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू– भागका थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागका एक वा दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको दाबी छ।

