प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउँछौंः काँग्रेस नेता पौडेल

चैत २१, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजीनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने उनको दाबी छ । कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’ कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए । उनले अघि भने, ‘अहिले अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेस गर्छौं ।’

सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दै उनले जनता समाजवादी पार्टीको माग पूरा गर्न आफूहरु प्रयासरत रहेको बताए । उनले भने, ‘जनता समाजवादीका नेताहरुसँग कुरा गर्छौं । उहाँहरुका माग पूरा गर्नलाई हामी प्रयास गर्छौं ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.