चैत २१, काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १२८ संक्रमित थपिएका छन् । दुई हजार ७२७ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १२८ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार १२३ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड–१९ का कारण हालसम्म तीन हजार ३२ जनाले ज्यान गुमाइसकेका छन् । हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार ६१३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

