नेपाल– खनाल समूहले भोली सुदृढीकरण अभियानको घोषणा गर्ने

चैत २०, काठमाडौँ । नेकपा (एमाले) नेपाल खनाल समूहको स्थायी समितिको बैठक संगठन विस्तार तथा सुदृढीकरण अभियानको घोषणा गर्ने निर्णय गर्दै सकिएको छ।

आजको बैठकले शनिबार सुदृढीकरण अभियान घोषणा गर्ने निर्णय गरेको हो। बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ पुर्याउने निर्णय गरेको छ। आजको बैठकले पार्टी उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको पनि विरोध गरेको छ। बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निष्कर्ष निकालेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.