‘मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल’ चैत्र २१ गते सानेपामा हुने

चैत १९, काठमाडौँ । नेपालमा पहिलोपटक मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल – २०२१ प्रतियोगिता हुने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ग्रिन आर्टस् मिडिया प्रा.लि. र अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपालको सहकार्यमा चैत्र २१ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा प्रतियोगिता हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै ग्रिन आर्टस् मिडियाका कार्यकारी अधिकृत प्रविन लाकौलले असक्षमता हटाएर शारीरिक अपांगता भएता पनि उनीहरुको दिमागको क्षमतालाई मध्यनजर गर्दै भित्री सुन्दरता प्रस्तुत गर्न लागेको जानकारी दिए । अपांगता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपालसँग सहकार्य गरेर कार्यक्रम तय गरेको लाकौलले बताए । उनले भने, ‘हाम्रो सानो सहयोगले मन्दिरमा मुुस्कान र अपांगता व्यक्तिहरुको सकारात्मक सोच पलाउँछ ।’ अपांगता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपालका सभापति सरिता थुलुङले असक्षमता भएका व्यक्तिको क्षमतालाई प्रस्तुत गर्न कार्यक्रमको आयोजना गरेको बताइन् ।

उनले अपांगता भएका व्यक्तिहरुको क्षमता उनीहरुमा लुकेर रहेको प्रतिभालाई समाजमा क्षमता प्रस्तुत गर्न कार्यक्रमको आयोजना गरेको स्पष्ट पार्दै भनिन्, ‘समाजमा अपांग व्यक्तिको एक अलग्गै परिचय बनाउन सहयोग हुने विश्वास लिएका छौ ।’ शारीरिक विवाहित र अविवाहित महिलाको लागि पहिलो पटक सुरु गरेको र पछिल्ला दिनमा उनीहरु खुशी भएमा अन्य विधामा पनि संस्थाले सहयोग गर्ने बताइन् । उनले १४ जनाले प्रतियोगितामा भाग लिने बताइन् । थुलुङले क्विन मात्र नभएर अन्य क्षमतालाई पनि कदर गर्दै पुरस्कृत गर्ने जानकारी दिइन् । प्रतियोगिता चैत्र २१,  २०७७ गते हेरिटेज गार्डेन, सानेपामा अनिला श्रेष्ठ को कोरियोग्राफिमा सम्पन्न हुन संस्थाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.