साउन २३, काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीका परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका भनिएका दुई अपहरणकारी अजित तामाङ र गोपाल तामाङको परिवारले आयोगमा उजुरी दिएका हुन् ।
साउन २१ गते सोमबार काँडाघारीबाट अपहरणमा परेका बालक निशानको अपहरणकारीले हत्या गरेपछि प्रहरी इन्काउन्टरमा उनीहरु मारिएका थिए । उनीहरुको गैरन्यायिक हत्या भएको भन्दै परिवारका सदस्यहरुले बुधबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् । परिवारजनले उक्त घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । उक्त घटना इन्काउन्टर नभई हत्या भएको परिवारजनको दाबी छ ।

