आज तराईमा होली पर्व मनाइँदै

चैत १६, काठमाडौं । आइतबार देशका पहाडी जिल्लाहरूमा होली पर्व मनाइएको थियो।

आज तराईका जिल्लाहरूमा मनाउन लागिएको हो।परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ। सरकारले होली पर्वकै अवसरमा तराईका जिल्लाहरूमा बिदा दिएको छ। होली मनाउनका लागि प्रदेश २ सरकारले एक बिदा दिएको छ।

यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.