नक्कली पैसा छाप्ने मेसिनसहित एक पक्राउ

चैत ८, काठमाडौँ । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए पक्राउ परेका दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.