नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज, नेपाल समूह नजाने

चैत ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय कमिटी बैठक बस्नु पूर्व संसदीय दलको बैठक बस्ने भएको छ।

संसदीय दलको बैठक विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने अध्यक्ष केपी शर्मा ओलीले तयारी गरेका छन्। केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने भएको छ। यस अघि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि उक्त समूह गएको थिएन।

प्रधानमन्त्रीको कार्यशैलीको विरोध गर्दै उनीहरुले अलगै भेला तथा बैठकहरु गर्दै आएका छन्। नेपाल समूहले फागुन २८ गते बसेको केन्द्रीय कमिटीको निर्णय खारेज गर्नु पर्ने लगायतका मागहरु राख्दै आएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.