मिर्गौला पीडित मिनु मगरलाई सहयोग गर्न परिवारको अपिल

चैत ६, काठमाडौँ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं. ९ बस्दै आएकी मिनु मगर (थापा) को दुबै मृर्गौलामा समस्या भएपछि उपचारका लागि उनका परिवारले सहयोगी हातहरुलाई आह्वान गरेका छन् ।

सामान्य परिवार तथा आर्थिक अभावकै कारण मिनुको उपचार गर्न कठिनाई भएपछि देश विदेशमा रहेका नेपाली दाजुभाई, दिदीबहिनी तथा संघसंस्थालाई गुहारेका छन् । त्यस्तै साहारा जनकल्याण युवा समाज पनि अहिले उनकै सहयोगका लागि अभियानमा जुटिरहेका छन् । उक्त संस्थाले विभिन्न टोल तथा सार्वजनिक स्थानहरुमा स्वंयमसेवक परिचालन गरी पीडित मिनुको जीवन रक्षाका लागि आर्थिक सहयोग संकलनमा जुटिरहेका छन् ।

साढे १ वर्ष अघिदेखि दुबै मृगौलामा समस्या देखिएपछि उपचारका लागि भौतारिरहेका मगर परिवार आर्थिक अभावका कारण प्रत्यारोपनका लागि पछि परेको छ । हाल काठमाडौँ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा डायलिसिस गराईरहेको छ । २७ वर्षिय मिनु मगर आफ्नो कलिलो उमेरमै मिर्गौला रोगबाट पीडित भएपछि उनलाई बचाउन अनेकौ उपाय अपनाएपनि परिवारको आर्थिक स्रोत जुटाउन नसक्दा प्रत्यारोपन गर्न ढिला भएको बताउँदै उनका बुबा गांगबहादुरले देशविदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.