बलात्कारको झूटो आरोप लगाउने दुई महिला जेल चलान

चैत ५, काठमाडौँ । गत वर्षको कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित स्थानीय पत्रिकामा कार्यरत युवतीले साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध उजुरी गरिन्। पटकपटक यौन शोषण गरेको उनको दाबी थियो। केही दिन फरार रहेका कर्मचारी अन्ततः पक्राउ परे। मुद्दा जिल्ला अदालतमा पुगेपछि भने पीडित भनिएकी युवतीको बयान फेरियो।

आफूलाई ती कर्मचारीले बारम्बार फोन गरिरहने भएकाले रिस उठेर बलात्कारको आरोप लगाएको अदालतमा बयान दिइन् । उनलाई गत भदौ १४ गते अदालतले दोषी ठहर गर्दै कर्मचारीलाई सफाइ दियो। युवतीमाथि एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला भयो। गत असोजमा वीरेन्द्रनगर नगरपालिकाका एक कर्मचारीमाथि झूटो आरोप लगाउने ३७ वर्षीया महिलालाई पनि अदालतले कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले गत सोमबार उनलाई ३ वर्ष ६ महिना कैद सजाय सुनाएको हो। होटलमा बोलाएर कर्मचारीले बलात्कार गरेको उनले आरोप लगाएकी थिइन् तर पछि उनले अदालतमा बयान फेरिन्। झूटो जाहेरी दिएर व्यक्तिको मानहानि गरेको ठहर गर्दै महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरलले बताए । कान्तिपुरमा समाचार छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.