सामसङको वर्ल्डकप ‘फिल द गेम’ योजनाका विजेतालाई पुरस्कार प्रदान

साउन २२, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स नेपालले फिफा वर्ल्डकप २०१८ को अवसरमा ग्राहकसमक्ष प्रस्तुत गरेको ‘फिल द गेम’ योजनाका विजेतालाई पुरस्कार प्रदान गरेको छ ।

विजेताहरुलाई सामसङ नेपाल शाखाका प्रवन्ध निर्देशक युवेओम वान, तथा टर्किस एयरका महाप्रबन्धक अहमेद अब्दुल्हाले पुरस्कार वितरण गरेका हुन् । यसअघि योजना अन्र्तगत कम्पनीले वर्ल्डकप समयावधिभित्र टिभि खरिद गर्ने ग्राहकलाई २७ प्रतिशत क्यास ब्याक प्रदान गरेको थियो । साथै २ वर्षसम्म वारेन्टी एवम् शून्य प्रतिशत मासिक किस्ता बन्दीको सुविधा समेत प्रदान गरिएको थियो ।

यो योजना सामसङका लागि नेपालको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहकार्यमा १ जुन देखि १५ जुलाईसम्म नेपालभर रहेका आधिकारिक सामसङ ब्रान्ड स्टोर तथा आउटलेटबाट प्रदान गरिएको थियो । यो अफरका साथै खरिदकर्ताले सामसङका स्मार्ट टिभि खरिदकर्ताहरुले टर्किस एयर, एस ट्राभल्स, वयोधा हस्पिटल तथा केजीएच ग्रुपको तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्राप्त गरेका थिए ।

यसका साथै सम्पूर्ण स्मार्ट टिभी खरिद गर्ने ग्राहकलाई लक्की ड्रमा समावेश गरी लक्की ड्रमार्फत् भाग्यशाली ५ जना ग्राहकलाई टर्किस एयरको बिजनेस क्लासको राउन्ड–ट्रिप टिकट, सामसङको ५ इन १ रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९, ग्यालेक्सी ए ६ प्लस तथा ग्यालेक्सी ७ डुओस पनि प्रदान गरिएको थियो । लक्की ड्रको घोषणा सामसङले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत गत अगस्ट १ तारिखमा गरेको थियो । विजेता खरिदकर्ताहरु क्रमशः नवीन धुन श्रेष्ठ, बाबुरत्न महर्जन, चिनीमैयाँ श्रेष्ठ, वेनु सुवेदी र मनमाया गुरुङ रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.